बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सात गोलको थ्रिलरमा बार्सा विजयी

सोमबार, ११ भदौ २०८०, ०६ : २२
सोमबार, ११ भदौ २०८०

भिल्लारियाल । सात गोलको थ्रिलरमा साबिक विजेता बार्सिलोनाले भिल्लारियाललाई हराउँदै सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । आइतबार साँझ भएको खेलमा बार्सा ४–३ गोलले विजयी बनेको हो ।

खेल सुरु भएको १५ मिनेटभित्र बार्सिलोनाले २–० को अग्रता लिएको थियो । गाभी र फ्रांकी डी योङले गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, त्यसपछि घरेलु टोली भिल्लारियाल खेलमा फर्कियो ।

५० औँ मिनेटभित्र तीन गोल फर्काउँदै टोलीले खेल ३–२ को स्थितिमा ल्यायो । भिल्लारियलका लागि हुवान फोयथ, अलेक्सान्डर सोरलोथ र एलेक्स बायेनाले एक–एक गोल गरे ।

तर, टोलीको अग्रता लामो समय टिकेन । ६८ औँ मिनेटमा फेरान टोरेसले बार्साका लागि बराबरी गोल फर्काए भने रोबर्टो लेवान्डोस्कीले तीन मिनेटपछि चौथो गोल गर्दै टोलीलाई जीत दिलाए ।

तीन खेलपछि ७ अङ्क बटुल्दै बार्सा लिगको तेस्रो स्थानमा उक्लिएको छ । भिल्लारियाल ३ अङ्कसहित लिगको १३ औँ स्थानमा सीमित रहेको  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप