सात गोलको थ्रिलरमा बार्सा विजयी
भिल्लारियाल । सात गोलको थ्रिलरमा साबिक विजेता बार्सिलोनाले भिल्लारियाललाई हराउँदै सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । आइतबार साँझ भएको खेलमा बार्सा ४–३ गोलले विजयी बनेको हो ।
खेल सुरु भएको १५ मिनेटभित्र बार्सिलोनाले २–० को अग्रता लिएको थियो । गाभी र फ्रांकी डी योङले गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, त्यसपछि घरेलु टोली भिल्लारियाल खेलमा फर्कियो ।
५० औँ मिनेटभित्र तीन गोल फर्काउँदै टोलीले खेल ३–२ को स्थितिमा ल्यायो । भिल्लारियलका लागि हुवान फोयथ, अलेक्सान्डर सोरलोथ र एलेक्स बायेनाले एक–एक गोल गरे ।
तर, टोलीको अग्रता लामो समय टिकेन । ६८ औँ मिनेटमा फेरान टोरेसले बार्साका लागि बराबरी गोल फर्काए भने रोबर्टो लेवान्डोस्कीले तीन मिनेटपछि चौथो गोल गर्दै टोलीलाई जीत दिलाए ।
तीन खेलपछि ७ अङ्क बटुल्दै बार्सा लिगको तेस्रो स्थानमा उक्लिएको छ । भिल्लारियाल ३ अङ्कसहित लिगको १३ औँ स्थानमा सीमित रहेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण