बायर्नको जीतमा केनको दुई गोल
सोमबार, ११ भदौ २०८०, ०६ : ४०
म्युनिख । घरेलु मैदानमा आफ्नो बुन्डेस लिगाको डेब्यू खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल गरेपछि साबिक विजेता बायर्न म्युनिखले लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति बायर्नले एफसी अग्सबर्गलाई ३–१ गोलले हराएको हो ।
पहिलो हाफको ३२ औँ मिनेटमा फेलिक्स उडुओखाईले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा अग्रता बनाएको थियो । ८ मिनेटपछि पेनाल्टीबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए । योसँगै उनी बुन्डेस लिगाका पहिलो दुई खेलमा गोल गर्ने पहिलो इंल्गिस खेलाडी बनेका छन् ।
दोस्रो हाफको ६९ औँ मिनेटमा केनले अर्को गोल गर्दै थप्दै अग्रता फराकिलो बनाए । डियोन बेलहोले खेलको अन्त्यतिर अग्सबर्गका लागि सान्त्वना गोल गरे । दुई खेलबाट ६ अङ्क बटुल्दै बायर्न गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण