आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अरमान मलिकले प्रेमिकासँग गरे इन्गेजमेन्ट

सोमबार, ११ भदौ २०८०, १६ : २७
सोमबार, ११ भदौ २०८०

बलिउडका उत्कृष्ट गायकमध्ये एक हुन् अरमान मलिक । उनले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् । यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । ‘जब तक’ गीतका गायक निकै लामो समयदेखि आशना श्राफसँग सम्बन्धमा थिए ।

arman1अरमानले इन्स्टाग्राममा तीनवटा तस्बिर साझा गरेका छन् । पहिलो फोटोमा गायक घुँडा टेकेर आफ्नी प्रेमिकालाई औँठी लगाइरहेको देखिएका छन् ।

यस्तै दोस्रो फोटोमा उनीहरू एक अर्कालाई अँगालो हालेर खुसी व्यक्त गरिरहेको देख्न सकिन्छ । यी दुईको फोटो सार्वजनिक भएपछि यिनीहरूलाई बधाईको ओइरो लागेको छ । 

arman2को हुन् आशना ?

आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन् । सोसल मिडियामा उनका ९.७५ लाख फलोअर्स छन् । उनले ब्युटी र फेसनसँग सम्बन्धित ब्लग बनाउने गर्छिन् । आशना अरमानभन्दा दुई वर्ष जेठी छिन् । हालै उनले ४ अगस्टमा आफ्नो ३० औँ जन्मदिन मनाएकी थिइन् । 

arman3अरमान मलिक सङ्गीत रचनाकार दब्बु मलिकका छोरा हुन् । उनका दाइ अमाल मलिक पनि सङ्गीत रचनाकार नै हुन् । अरमान मलिक र अमाल मलिकले सँगै थुप्रै गीत गाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप