भारतीय मिडियामा छाइन् त्रिशाला गुरुङ : भनियो ‘ब्युटी विद ब्रेन’

एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । यो खेल अघि मुल्तान क्रिकेट स्टेडियममा उद्घाटन कार्यक्रम आयोजना भएको थियो जसमा गायिका त्रिशाला गुरुङले प्रस्तुति दिइन् । प्रस्तुति पछि उनको आवाज र सुन्दरताको भारतीय मिडियामा व्यापक चर्चा छ । उद्घाटन कार्यक्रम सकिने बित्तिकै सोसल मिडियामा त्रिशाला ट्रेन्ड हुन थालिन् र उनीबारे जान्न भारतीय उत्सुक भए ।
त्रिशालाले आफ्नो प्रस्तुतिका बेला लगाएको पहिरनको पनि विशेष चर्चा छ । उनले सेतो साडी र रातो चुरा लगाएकी थिइन् । मानिसलाई उनको यो शैली निकै मनपर्यो । धेरैले उनको सादगीको पनि तारिफ गरिरहेका छन् ।
त्रिशालाको तारिफ गर्दै भारतीय सञ्चार माध्यमले उनलाई ‘ब्युटी विथ ब्रेन’ बताएको छ । साथै, उनको विवाह भइसकेको र उनका श्रीमान् रोहित शाक्यलाई नेपालको साङ्गीतिक क्षेत्रका ठुला व्यक्ति हुन् भनेर वर्णन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?
-
सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?
-
त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे
-
लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि थापा र गुरुङलाई
-
गर्मी बढेपछि बर्दिबासका विद्यालय तीन दिन बन्द
-
बागमती सरकारले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट