भारतीय मिडियामा छाइन् त्रिशाला गुरुङ : भनियो ‘ब्युटी विद ब्रेन’
एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । यो खेल अघि मुल्तान क्रिकेट स्टेडियममा उद्घाटन कार्यक्रम आयोजना भएको थियो जसमा गायिका त्रिशाला गुरुङले प्रस्तुति दिइन् । प्रस्तुति पछि उनको आवाज र सुन्दरताको भारतीय मिडियामा व्यापक चर्चा छ । उद्घाटन कार्यक्रम सकिने बित्तिकै सोसल मिडियामा त्रिशाला ट्रेन्ड हुन थालिन् र उनीबारे जान्न भारतीय उत्सुक भए ।
त्रिशालाले आफ्नो प्रस्तुतिका बेला लगाएको पहिरनको पनि विशेष चर्चा छ । उनले सेतो साडी र रातो चुरा लगाएकी थिइन् । मानिसलाई उनको यो शैली निकै मनपर्यो । धेरैले उनको सादगीको पनि तारिफ गरिरहेका छन् ।
त्रिशालाको तारिफ गर्दै भारतीय सञ्चार माध्यमले उनलाई ‘ब्युटी विथ ब्रेन’ बताएको छ । साथै, उनको विवाह भइसकेको र उनका श्रीमान् रोहित शाक्यलाई नेपालको साङ्गीतिक क्षेत्रका ठुला व्यक्ति हुन् भनेर वर्णन गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण