सुन पसलमा चोरी गर्ने एक जना पक्राउ
शनिबार, १६ भदौ २०८०, १६ : ४०
मोरङ । सुनवर्षी नगरपालिका-९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २२ वर्षीय सञ्जय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न पासवानलाई सुनवर्षी नगरपालिका-९ डाईनियाबाट पक्राउ गरेको हो । साथै उनको साथबाट फलामको रड २ थान, फलामको कैँची र नियन्त्रित लागूऔषध नाईट्राभेट ३४ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण