लेखा अधिकृतविरुद्ध ४ करोड ६७ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २०५३ देखि २०७९ सम्म जागिर अवधिमा एक करोड आठ लाख अड्चालीस हजार पाँच सय नब्बे रुपैयाँ छ पैसा वैधानिक आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
तर, सोही अवधिमा उनले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बिमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, बिभिन्न कम्पनीहरुको शेयर खरिद तथा लगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी पाँच करोड पचहत्तर लाख सतासी हजार तीन सय सत्तरी रुपैंयाँ बहत्तर पैसा देखिन आएको अख्तियारले जनाएको छ ।
सो सिर्जित आयबाट निजको व्यय घटाउँदा चार करोड सत्सठ्ठी लाख अठतिस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा बराबर रकम अवैध आर्जन गरेको देखिएको अद्यितयारले जनाएको छ । सोहीअनुसार उनीविरुद्ध चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रूपैयाँ छैसठ्ठी पैसा बिगो कायम गरी मागदावी लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण