पछिल्लो दशकमा ट्रान्सफरमा सबैभन्दा धेरै खुद खर्च गर्नेमा युनाइटेड अगाडि, रियल बोर्नमाउथभन्दा पछि
काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पछिल्लो १० वर्षमा खेलाडीको खरिदमा सबैभन्दा बढी खुद खर्च गर्ने क्लबको सूचीमा शीर्ष स्थानमा रहेको छ ।
क्लबले खेलाडी बिक्री गरेको रकम घटाएर पनि खेलाडी खरिद गर्दा यो अवधिमा १ अर्ब १९ करोड पाउन्ड खर्च गरेको हो ।
सीआईईएस फुटबल अबजरभेटरीको रिपोर्टअनुसार सन् २०१४ यता युनाइटेडले नयाँ खेलाडीमा १ अर्ब ६७ करोड पाउन्ड खर्च गरेको छ भने खेलाडी बिक्रीबाट ४८.१ करोड पाउन्ड आम्दानी गरेको छ । यसक्रममा युनाइटेडले सन् २०१६ मा पाउल पोग्बालाई ८.९५ करोड, सन् २०१७ मा ७.५ करोडमा रोमेलु लुकाकु, सन् २०१९ मा ८ करोड पाउन्डमा खरिद गरेको थियो ।
खुद खर्च ८८.३ करोड पाउन्ड सहित चेल्सी दोस्रो स्थानमा रहेको छ भने ८६.३ पाउन्ड खर्चसहित फ्रेन्च क्लब तेस्रो स्थानमा रहेको छ । चेल्सीले यसबीचमा खेलाडीमा सबैभन्दा बढी २ अर्ब २५ करोड पाउन्ड खर्च गरेपनि उसले खेलाडी बिक्रीबाट १ अर्ब ३८ खर्ब पनि आम्दानी गरेको छ । सन् २०२३ मा भने खेलाडी खरिदबिक्रीमा चेल्सीको विश्वमै सबैभन्दा बढी ४७.६ करोड घाटा रहेको छ ।
आर्सनल र म्यानचेस्टर सिटी क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् । शीर्ष २० मा १३ क्लब प्रिमियर लिगका रहेका छन् । प्रिमियर लिगले सन् २०१४ यता सबैभन्दा बढी ९ अर्ब ५० करोड पाउन्ड खर्च गरेको छ ।
खेलाडी खरिदमा नाफा रहेको लिगमा पोर्चुगिज प्रिमियएरा लिगा रहेको छ । लिगले खेलाडीको खरिद बिक्रीबाट १ अर्ब ९० करोड पाउन्ड आम्दानी गरेको छ ।
सन् २०१४ देखि २०२३ सम्म खुद खर्चअनुसार क्लबको सूची:
१. म्यानचेस्टर युनाइटेड
२. चेल्सी
३. पेरिस सेन्ट जर्मेन
४. आर्सनल
५. म्यानचेस्टर सिटी
६. न्युक्यासल युनाइटेड
७. बार्सिलोना
८. टोटनह्याम हटस्पर्स
९. एसी मिलान
१०. वेस्ट ह्याम युनाइटेड
११. एस्टन भिल्ला
१२. लिभरपुल
१३. अल–हिलाल
१४. युभेन्टस
१५. एभर्टन
१६. क्रिस्टल प्यालेस
१७. बोर्नेमाउथ
१८. बायर्न म्युनिख
१९. रियल मड्रिड
२०. नटिङ ह्याम फरेस्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण