आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युरो छनोट  इंग्ल्याण्डको विजयी यात्रा रोकियो

आइतबार, २४ भदौ २०८०, ०९ : ४१
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । युरो २०२४ को छनोटमा इंग्ल्याण्डको विजयी यात्रा रोकिएको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।

युक्रेनमा जारी युद्धका कारण पोल्याण्डमा खेलिएको खेलमा ४० हजार समर्थकको साथ पाएको युक्रेनले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । ओलेक्सान्डर जिन्चेकोले युखिम कोनोप्ल्याको पासमा गोल गरे ।

तर, पहिलो हाफको अन्त्यमा कप्तान ह्यारी केनले कायल वाकरको लागि गोलको अवसर सिर्जना गरेपछि खेल बराबरी भयो । देशका लागि ७७ औँ खेलमा उनको यो पहिलो गोल थियो ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा नियन्त्रण बनाएको थियो । बुकायो साको प्रहारलाई युक्रेनका गोलकिपर जर्जी बुस्चानले बचाऊ गरेका थिए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

यसका बाबजुद इंग्ल्याण्ड ५ खेलबाट १३ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा कायम रहेको छ । अर्को वर्ष जर्मनीमा हुने प्रतियोगितामा छनोट हुने प्रबल सम्भावना रहेको छ । युक्रेन ७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप