युरो छनोट इंग्ल्याण्डको विजयी यात्रा रोकियो
काठमाडौँ । युरो २०२४ को छनोटमा इंग्ल्याण्डको विजयी यात्रा रोकिएको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।
युक्रेनमा जारी युद्धका कारण पोल्याण्डमा खेलिएको खेलमा ४० हजार समर्थकको साथ पाएको युक्रेनले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । ओलेक्सान्डर जिन्चेकोले युखिम कोनोप्ल्याको पासमा गोल गरे ।
तर, पहिलो हाफको अन्त्यमा कप्तान ह्यारी केनले कायल वाकरको लागि गोलको अवसर सिर्जना गरेपछि खेल बराबरी भयो । देशका लागि ७७ औँ खेलमा उनको यो पहिलो गोल थियो ।
दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा नियन्त्रण बनाएको थियो । बुकायो साको प्रहारलाई युक्रेनका गोलकिपर जर्जी बुस्चानले बचाऊ गरेका थिए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
यसका बाबजुद इंग्ल्याण्ड ५ खेलबाट १३ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा कायम रहेको छ । अर्को वर्ष जर्मनीमा हुने प्रतियोगितामा छनोट हुने प्रबल सम्भावना रहेको छ । युक्रेन ७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण