मोरक्कोमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ । भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरु अझै जीवित मानिसको खोजिमा जुटेका छन् ।
उद्धारकर्ताहरु सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए । भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै भूकम्पले प्रभावित भग्नावशेष रहेको बताइएको छ ।
मुख्य सडकको छेउमा रहेको खुला ठाउँमा स्थानीय बासिन्दाहरुलाई विश्राम गर्नको लागि अस्थायी टेन्टहरु राखिएको छ । अहिलेसम्म उनीहरुले पराकम्पको डरका कारण सडकमै रात बिताइरहेका छन् ।
रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण