जब शाहीन अफ्रिदीले जसप्रित बुमराहलाई उपहार दिए
कोलम्बो । पाकिस्तानी बलर शाहीन शाह अफ्रिदीले भारतीय बलर जसप्रित बुमराहलाई उपहार दिएका छन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वास्तवमा, जसप्रित बुमराह हालसालै पिता बनेका छन् र आइतबार अफ्रिदीले जसप्रितका छोराको लागि उपहार दिएका हुन् ।
यसको भिडियो पाकिस्तानी खेलाडीले एक्स (पहिले ट्विटर) मा सेयर गरेका थिए, जसमा उनले बुमराहलाई छोराको लागि उपहार दिएर बधाई दिइरहेका छन् । आइतबार भारत र पाकिस्तानबीचको सुपर ४ खेल वर्षाका कारण रद्द भएपछि खेलाडी मैदानबाट फर्किँदै गर्दा उनले उपहार दिएका थिए।
यस भिडियोमा अफ्रिदी भन्छन्– ‘धेरै बधाई भाइ, मेरो तर्फबाट एउटा सानो उपहार। अल्लाहले उनलाई खुसी राखून् र उनी नयाँ बुमराह बनून्।’ गत सोमबार जसप्रिम बुमराहले पिता बनेको जानकारी दिँदै भनेका थिए, ‘हाम्रो परिवार बढेको छ । आज बिहान हाम्रा छोरा अंगद जसप्रित बुमराह संसारमा आएका छन्।
Love and peace. Congratulations @Jaspritbumrah93 and family on the birth of your child. Prayers for the entire family. We battle on the field. Off the field we are just your regular humans. pic.twitter.com/SyHtK7wfvA
— Shaheen Shah Afridi (@iShaheenAfridi) September 10, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण