बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय लगिँदै, बिहान ७ बजेपछि श्रद्धाञ्जलीका लागि राखिने

मङ्गलबार, २६ भदौ २०८०, ०६ : ३८
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ ।  हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिँदै छ । 

बिहान ७ बजेपछि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । 

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

पार्टी कार्यलयमा उनलाई श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ताहरु जम्मा हुन थालेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप