कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने
भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत अनुदान दिन लागिएको हो ।
अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ र
कृषि अनुदान अन्तर्गत अपाङ्गता भएका व्यक्ति लक्षित आयमूलक कार्यक्रम, दलहन बालीका प्रवर्द्धन कार्यक्रम तथा उन्नत बीउलगायतमा अनुदान दिनेछ । व्यवसायमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्यन्न बाली बीऊ उत्पादन कार्यक्रम, मौरी पालन, च्याउखेती उत्पादन प्रवर्द्धन कार्यक्रममा समेत अनुदान दिइने प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
उनका अनुसार निर्देशानलयले जग्गा भाडा तथा विद्युत् महसुलमासमेत अनुदान दिने छ । बेरोजगार कृषि प्राविधिकको छनोट, अभिमुखिकरण तथा लागत सहभागितामा समेत अनुदान दिइने उनले जानकारी दिए ।
अनुदान पाउनका लागि संस्था तथा फर्म दर्ता भएको हुनुपर्ने, कृषि व्यवसाय गर्ने अनुसूचि अनुसारको विवरण लगायतका कागजात चाहिने निर्देशनालयको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण