रोनाल्डो र मानेको गोलमा अल–नासरको लगातार चौथो जीत

रियाद । क्रिस्टियानो रोनाल्डो र साडियो मानेले लगातार चौथो खेलमा गोल गर्दा अल–नासरले साउदी प्रो लिगमा लगातार चौथो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासरले एल–राइदलाई ३–१ गोलले हराएको हो ।
साडियो मानेले १० खेलाडीमा सीमित बनेको अल–राइदविरुद्ध पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै टालिस्काले टोलीको अग्रता दोब्बर बनाए । ७८ औँ मिनेटमा रोनाल्डो उत्कृष्ट सोलो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
मोहमद फोउजिरले खेलको अन्त्यतिर पेनाल्टीबाट सान्त्वना गोल गरे । अल–नासरले लिगको सुरुवाती दुई खेल गुमाएको थियो । तर, त्यस यता टोलीले सबै खेल जितेको छ । जीतपछि अल–नासले लिगको छैटौँ स्थानमा रहेको छ ।
उता नेयमारको डेब्यू खेलमा अल हिलालले अल–रियादलाई ६–१ गोलले हराउँदै लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका ब्राजिलियन खेलाडीले माल्कमका लागि गोलको अवसर सिर्जना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित