रोनाल्डो र मानेको गोलमा अल–नासरको लगातार चौथो जीत
रियाद । क्रिस्टियानो रोनाल्डो र साडियो मानेले लगातार चौथो खेलमा गोल गर्दा अल–नासरले साउदी प्रो लिगमा लगातार चौथो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासरले एल–राइदलाई ३–१ गोलले हराएको हो ।
साडियो मानेले १० खेलाडीमा सीमित बनेको अल–राइदविरुद्ध पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै टालिस्काले टोलीको अग्रता दोब्बर बनाए । ७८ औँ मिनेटमा रोनाल्डो उत्कृष्ट सोलो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
मोहमद फोउजिरले खेलको अन्त्यतिर पेनाल्टीबाट सान्त्वना गोल गरे । अल–नासरले लिगको सुरुवाती दुई खेल गुमाएको थियो । तर, त्यस यता टोलीले सबै खेल जितेको छ । जीतपछि अल–नासले लिगको छैटौँ स्थानमा रहेको छ ।
उता नेयमारको डेब्यू खेलमा अल हिलालले अल–रियादलाई ६–१ गोलले हराउँदै लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका ब्राजिलियन खेलाडीले माल्कमका लागि गोलको अवसर सिर्जना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण