शीर्ष स्थानमा फर्कियो रियल

स्यान्टियागो बर्नेबाउ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराएको छ । जीतसँगै सिजनमा शत प्रतिशत नतिजा राखेर रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको पाँचौ मिनेटमा नै बारेनेटसियाले रियलको घरेलु समर्थकलाई स्तब्ध बनाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै फेडेरिको भालभर्डेले रियलका लागि बराबरी गोल फर्काए । ६० औँ मिनेटमा जोसेलुले विजयी गोल गर्दै रियलको पुनरागमन पूरा गरे । दुवै गोलको अवसर फ्रान गार्सियाले सिर्जना गरेका थिए ।
यता जुड बेलिङह्यामको गोल वर्षामा भने पूर्णविराम लागेको छ । रियलका लागि सुरुका चार खेलमा पाँच गोल गरेका बेलिङह्यामले इन्जुरी समयमा गोलको अवसर पाए पनि त्यसलाई गोलकिपर एलेक्स रामिरोले उत्कृष्ट बचाउ गरेका थिए ।
५ खेलपछि रियलको १५ अङ्क रहेको छ भने सोसिडाडले समान खेलबाट ६ अङ्क बटुल्दै लिगको ११ औँ स्थानमा सीमित छ । अन्य खेलमा गेटाफेले ओसासुनालाई ३–२ गोलले हरायो भने भिल्लारियाले अल्मेरियालाई २–१ तथा सेभियाले लास पालामासलाई १–० गोले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
रवि लामिछानेका वकिलले पटक–पटक पेसी स्थगित गरेर ‘थाहै दिइएन’ भनेपछि...
-
प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि पुन: सवारी चालक अनुमतिपत्र छपाइ सुरू
-
षट्कोण आर्ट्सले घोषणा गर्यो नयाँ फिल्म ‘लालीबजार’
-
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन ?