शीर्ष स्थानमा फर्कियो रियल
स्यान्टियागो बर्नेबाउ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराएको छ । जीतसँगै सिजनमा शत प्रतिशत नतिजा राखेर रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको पाँचौ मिनेटमा नै बारेनेटसियाले रियलको घरेलु समर्थकलाई स्तब्ध बनाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै फेडेरिको भालभर्डेले रियलका लागि बराबरी गोल फर्काए । ६० औँ मिनेटमा जोसेलुले विजयी गोल गर्दै रियलको पुनरागमन पूरा गरे । दुवै गोलको अवसर फ्रान गार्सियाले सिर्जना गरेका थिए ।
यता जुड बेलिङह्यामको गोल वर्षामा भने पूर्णविराम लागेको छ । रियलका लागि सुरुका चार खेलमा पाँच गोल गरेका बेलिङह्यामले इन्जुरी समयमा गोलको अवसर पाए पनि त्यसलाई गोलकिपर एलेक्स रामिरोले उत्कृष्ट बचाउ गरेका थिए ।
५ खेलपछि रियलको १५ अङ्क रहेको छ भने सोसिडाडले समान खेलबाट ६ अङ्क बटुल्दै लिगको ११ औँ स्थानमा सीमित छ । अन्य खेलमा गेटाफेले ओसासुनालाई ३–२ गोलले हरायो भने भिल्लारियाले अल्मेरियालाई २–१ तथा सेभियाले लास पालामासलाई १–० गोले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण