आगोमा परेर ३ वर्षीय बालकको मृत्यु
सोमबार, ०१ असोज २०८०, १८ : ४१
काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा आगोमा परेर बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानको ३ वर्षीय छोरा मनिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमबार बिहान भान्सामा झोलुंगोमा राखेर परिवारका सदस्य खेतमा गएका बेला उनि झोलुंगोबाट झरेर घिस्रिँदै चुलोमा पुगेका हुन् ।
शारीरिक रूपमा असक्त बालकको चुलोमा परेर मृत्यु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बालक मृत भेटिएको खबर पाएसँगै ईलाका प्रहरी कार्यालय कपिलाकोटको प्रहरी घटनास्थलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण