आगोमा परेर ३ वर्षीय बालकको मृत्यु
सोमबार, ०१ असोज २०८०, १८ : ४१
काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा आगोमा परेर बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानको ३ वर्षीय छोरा मनिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमबार बिहान भान्सामा झोलुंगोमा राखेर परिवारका सदस्य खेतमा गएका बेला उनि झोलुंगोबाट झरेर घिस्रिँदै चुलोमा पुगेका हुन् ।
शारीरिक रूपमा असक्त बालकको चुलोमा परेर मृत्यु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बालक मृत भेटिएको खबर पाएसँगै ईलाका प्रहरी कार्यालय कपिलाकोटको प्रहरी घटनास्थलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी