शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरले गरिब परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउने

मङ्गलबार, ०२ असोज २०८०, १५ : १२
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरले विपन्न, असहाय, आर्थिक स्थिति कमजोर भई मृतकको दाहसंस्कार गर्न समस्या भएका आफन्तहरुलाई दाहसंस्कार खर्च उपलब्ध गराउने जनाएको हो ।

धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै गरिब परिवारलाई दाहसंस्कार गर्न पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिने जनाएका छन् ।

सूचनामा भनिएको छ,'यस धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका विपन्न, असहाय, आर्थिक स्थिति एकदमै कमजोर भई मृतकको दाहसंस्कार गर्न समस्या भएका मृतकका आफन्तहरुलाई यस धनगढी उपमहानगरपालिकाको मिति २०८०/०५/३१ गतेको २६ औँ कार्यपालिका बैठकबाट निर्णय भई धनगढी उपमहानगरपालिकाको नवौँ स्थापना दिवसको दिन घोषणा भएबमोजिम दाहसंस्कार गर्नपूर्व प्रतिव्यक्ति रु पाँच हजार  खर्च उपलब्ध गराइने छ ।'

दाहसंस्कार खर्चका लागि सम्बन्धित व्यक्तिले उपमहानगरको टोल फ्रि नं. १८१०५००००९० मा नगर प्रहरीलाई सम्पर्क गरेमा नगर प्रहरीले तत्काल वडा कार्यालयको समन्वयमा उक्त रकम उपलब्ध गराउने सूचनामा उल्लेख छ ।  दाहसंस्कारपछि माग भएमा सो रकम उपलब्ध नगराइने समेत उपमहानगरले जनाएको छ । 

d

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप