धनगढी उपमहानगरले गरिब परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउने
काठमाडौँ । धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरले विपन्न, असहाय, आर्थिक स्थिति कमजोर भई मृतकको दाहसंस्कार गर्न समस्या भएका आफन्तहरुलाई दाहसंस्कार खर्च उपलब्ध गराउने जनाएको हो ।
धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै गरिब परिवारलाई दाहसंस्कार गर्न पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिने जनाएका छन् ।
सूचनामा भनिएको छ,'यस धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका विपन्न, असहाय, आर्थिक स्थिति एकदमै कमजोर भई मृतकको दाहसंस्कार गर्न समस्या भएका मृतकका आफन्तहरुलाई यस धनगढी उपमहानगरपालिकाको मिति २०८०/०५/३१ गतेको २६ औँ कार्यपालिका बैठकबाट निर्णय भई धनगढी उपमहानगरपालिकाको नवौँ स्थापना दिवसको दिन घोषणा भएबमोजिम दाहसंस्कार गर्नपूर्व प्रतिव्यक्ति रु पाँच हजार खर्च उपलब्ध गराइने छ ।'
दाहसंस्कार खर्चका लागि सम्बन्धित व्यक्तिले उपमहानगरको टोल फ्रि नं. १८१०५००००९० मा नगर प्रहरीलाई सम्पर्क गरेमा नगर प्रहरीले तत्काल वडा कार्यालयको समन्वयमा उक्त रकम उपलब्ध गराउने सूचनामा उल्लेख छ । दाहसंस्कारपछि माग भएमा सो रकम उपलब्ध नगराइने समेत उपमहानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण