शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम
काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको कोर एरियामा दिनभर सवारी जाम भएको छ । काठमाडौँको बानेश्वरदेखि माइतीघर तर्फ ओहोरदोहोर गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेको छ । त्यसको असर चक्रपथसम्म नै परेको छ ।
शिक्षकहरू बिहान साढे ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका थिए । ११ बजेपछि आन्दोलनकारीको चापका कारण ट्राफिक प्रहरीले सो रुटमा चल्ने सवारीलाई रोक लगाएको थियो ।
माइतीघर हुँदै बानेश्वर र सिंहदरबार चोकतर्फ आवतजावत गर्ने सवारी साधनलाई दिनभर रोकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले रातोपाटीलाई बताए । उनले भने, ‘थापाथली चोकबाट सवारी साधनलाई त्रिपुरेश्वरतर्फ डाइभर्सन गरिएको छ ।’
ठुला सवारी साधनलाई ट्राफिक प्रहरीले तीनकुनेबाट नै डाइभर्सन गरेको छ । साना सवारी साधनलाई बानेश्वर चोक र थापाथलीबाट डाइभर्सन गरिएको एसएसपी भट्टले बताए । यात्रुवाहक बसलाई प्रहरीले रिङरोडबाट नै डाइभर्सन गरेको छ ।
नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक काठमाडौँमा प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौँको कोर एरियामा आन्दोलन भएको हुनाले चक्रपथसम्म दिनभर सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
ट्राफिक प्रहरीले बानेश्वर चोकबाट सवारी डाइभर्सन गरेर शंखमुल र पुरानो बानेश्वरतर्फ पठाएको छ । डाइभर्सनका कारण करिडोरको सडकमा पनि अत्यधिक चाप परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण