अध्यक्ष ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन सक्दैनन् : महासचिव पोखरेल
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकास गरिनुपर्ने बताएका हुन् ।
उनले भने,'हामीले चाहेजस्तो परिणाम प्राप्त गर्न सकेनौँ । तर, जनताको रोजाईको पहिलो पार्टी बन्यो । तर, केन्द्रको सरकारमा हामी हुन सकेनौँ ।'
महासचिव पोखरेलले एमाले सरकारमा नभएकोप्रति चिन्ता व्यक्त गरे । एमाले एक्लैले सरकारको नेतृत्व गर्नेगरी विभिन्न अभियानहरु संचालन गरिरहेका उनले बताए ।
प्रथम कर्णाली अधिवेशनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने र एकताको सन्देश दिनुपर्ने उनको भनाइ छ।
'हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर एमालेलाई हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ,' उनले भने,' आज एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ।'
महासचिव पोखरेलले एमालेविरुद्धको घेराबन्दीलाई तोडेर एमाले नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न जरुरी रहेको बताए । मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने र सोही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण