शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओली बाहेक अरूले देशलाई  समृद्धिको युगमा अगाडि बढाउन सक्दैनन् : महासचिव पोखरेल

बुधबार, १० असोज २०८०, १६ : ३७
बुधबार, १० असोज २०८०

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकास गरिनुपर्ने बताएका हुन् ।

उनले भने,'हामीले चाहेजस्तो परिणाम प्राप्त गर्न सकेनौँ । तर, जनताको रोजाईको‌ पहिलो‌ पार्टी बन्यो । तर, केन्द्रको‌ सरकारमा हामी हुन सकेनौँ ।'

महासचिव पोखरेलले एमाले सरकारमा नभएकोप्रति चिन्ता व्यक्त गरे ‌। एमाले एक्लैले सरकारको नेतृत्व गर्नेगरी विभिन्न अभियानहरु संचालन गरिरहेका उनले बताए  ।

प्रथम कर्णाली अधिवेशनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने र एकताको सन्देश दिनुपर्ने उनको भनाइ छ।

'हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर एमालेलाई हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ,' उनले भने,' आज एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ।'

महासचिव पोखरेलले एमालेविरुद्धको घेराबन्दीलाई तोडेर एमाले नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न‌ जरुरी रहेको बताए । मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने र सोही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न उनले निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप