मालदिभ्समा चीन समर्थक मोहम्मद मुइज्जूले जिते राष्ट्रपति चुनाव
आइतबार, १४ असोज २०८०, ०९ : ४२
चीन समर्थक भनेर चिनिने मोहम्मद मुइज्जूले मालदिभ्सको राष्ट्रपति पदको चुनाव जितेका छन् ।
उनले निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराएका हुन् । मोहम्मद मुइज्जूले ५४ प्रतिशत भोट हासिल गरेका छन् । इब्राहिम मोहम्मद सोलिहले आफ्नो हार स्वीकारेका छन् । उनले चुनाव जित हासिल गरेकोमा मुइज्जूलाई बधाई दिएका छन् ।
मालेका मेयर मोहम्मद मुइज्जूले ‘इन्डिया आउट’ को नारासहित आफ्नो अभियान सुरु गरेका थिए । प्रोग्रेसिभ अलायन्सका उम्मेदवार मोहम्मद मुइज्जू चीनसँगको घनिष्ठ सम्बन्धको वकालत गर्छन् ।
मोहम्मद मोइज्जूको जन्म सन् १९७८ मा भएको थियो । उनले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पिएचडी गरेका थिए । उनले सन् २०१२ मा राजनीतिमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण