शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मालदिभ्समा चीन समर्थक मोहम्मद मुइज्जूले जिते राष्ट्रपति चुनाव

आइतबार, १४ असोज २०८०, ०९ : ४२
आइतबार, १४ असोज २०८०

चीन समर्थक भनेर चिनिने मोहम्मद मुइज्जूले मालदिभ्सको राष्ट्रपति पदको चुनाव जितेका छन् । 

उनले निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराएका हुन् । मोहम्मद मुइज्जूले ५४ प्रतिशत भोट हासिल गरेका छन् । इब्राहिम मोहम्मद सोलिहले आफ्नो हार स्वीकारेका छन् । उनले चुनाव जित हासिल गरेकोमा मुइज्जूलाई बधाई दिएका छन् । 

मालेका मेयर मोहम्मद मुइज्जूले ‘इन्डिया आउट’ को नारासहित आफ्नो अभियान सुरु गरेका थिए । प्रोग्रेसिभ अलायन्सका उम्मेदवार मोहम्मद मुइज्जू चीनसँगको घनिष्ठ सम्बन्धको वकालत गर्छन् । 

मोहम्मद मोइज्जूको जन्म सन् १९७८ मा भएको थियो । उनले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पिएचडी गरेका थिए । उनले सन् २०१२ मा राजनीतिमा प्रवेश गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप