एयरपोर्टमा सुन समातिदा सत्तपक्षका नेताको अनुहार उदांगिने गर्छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एयरपोर्टमा तस्करीको सुन समातिदा सत्तापक्षका नेताहरुको अनुहार उदांगिने गरेको बताएका छन् ।
सोमबार पोखरामा सुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकको आर्थिक अवस्था चौतर्फी संकटमा परेपनि सत्ताका वरिपरि बस्नेहरुले रातारात अर्बौअरब कमाउने गरिरहेको बताए । उनले गठबन्धन सरकार जनताको सरकार नभएर दलाल नोकरशाहीको सरकार भएकाले सरकारले नै अवैध अर्थतन्त्रलाई प्रोत्साहित गरिरहेको बताए ।
‘एयरपोर्टमा जतिवेला सुन समातिने गर्दछ । सत्तापक्षका नेताहरुका अनुहारहरु उदांगिने गर्दछन्’, पोखरेलले जुनसुकै घटनामा छानविन गर्न चुनौती दिँदै भने, ‘हरेक घटनालाई छानबिन गर,अन्त्यमा जेल जाने भनेको सत्ताको नेतृत्व गरेका गठबन्धनका नेताहरु नै हो ।’
नेकपा एमाले सुशासनको पक्ष र भ्रष्टाचारको विपक्षमा रहेको भन्दै गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको पोखरेलको दाबी छ ।
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा नौटंकी देखाइरहेको टिप्पणी गरे । नेता गुरुङले माधव नेपालको पार्टी धेरै दिन टिक्न नसक्ने दाबी गर्दै सो पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गर्न आग्रह गर्दै ललिता निवासको फायल पुनः खुल्ने बताए ।
‘लतिला निवास प्रकरणमा छानबिनको ढोका बन्द भएको होइन, जनताले यो मुद्दा फेरि उठाउँछन् । बाबुराम भट्टराई होस् कि माधव नेपाल । जनताको छानबिनको कठघरामा उहाँहरु उभिनैपर्छ’, गुरुङको भनाइ छ ।
कांग्रेस–माओवादी गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी मुलुकका विकृतिहरु अन्त्य नहुने गुरुङको भनाइ छ । कार्यक्रममा एमाले सचिव गोकर्ण विष्ट, पद्मा अर्याल लगायतले अधिवेशन सफलताको शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण