शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली महिला सैनिकमाथि प्यालेस्टिनी बन्दीसँग यौन सम्बन्ध राखेको आरोप

सोमबार, १५ असोज २०८०, १६ : १२
सोमबार, १५ असोज २०८०

एक इजरायली महिला सैनिकले प्यालेस्टिनी बन्दीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । यी आरोपहरू पछि इजरायलले उच्च सुरक्षा जेलमा महिला सैनिक तैनाथ नगर्ने बताएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार ती महिला सैनिकले प्यालेस्टिनी कैदीसँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरेकी छन् । जुन प्यालेस्टिनी कैदीसँग उनको सम्बन्ध थियो, उनीमाथि इजरायली नागरिकमाथि घातक हमला गरेको आरोप छ ।  

महिला इजरायलको सैन्य सेवाको हिस्सा थिइन् किनभने इजरायलमा धेरै मानिसले सेनामा आफ्नो सेवा दिन अनिवार्य छ ।  यो नियमअनुसार इजरायलमा महिलाले कम्तीमा दुई वर्ष र पुरुषले ३२ महिना सेनामा सेवा गर्नुपर्नेछ ।

यो नियम स्वदेश र विदेशमा रहेका इजरायली नागरिकहरूमा लागू हुन्छ । नयाँ आप्रवासीहरू र केही धार्मिक समूहका मानिसहरूलाई मेडिकलको आधारमा यो नियमबाट छुट दिइएको छ । यसबाहेक, विशेष परिस्थितिमा, खेलाडीहरूले कम समयको लागि सेवा गर्न सक्छन् ।

महिला सैनिक र आजीवन कारावासको सजाय भोगिरहेका कैदीको नाम भने खुलाइएको छैन ।

मुद्दाको सुनुवाइ गर्दै अदालतले कारागारको स्थान र अन्य जानकारी सार्वजनिक नगर्न आदेश दिएको छ ।

महिला सैनिकले के भनिन् ? 

इजरायली मिडियाका अनुसार सोधपुछका क्रममा ती महिलाले अन्य चार जना महिलाले पनि कैदीसँग शारीरिक सम्बन्ध राखेको दाबी गरेकी छन् ।

इजरायलको जेल सर्भिस (आईपीएस) ले प्यालेस्टिनी बन्दीलाई उसको कोठाबाट बाहिर निकालेर सोधपुछका लागि अर्को ठाउँमा सारिएको जनाएको छ ।

शुक्रवार जेल सेवा प्रमुख केटी पेरी र राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गिभिरले प्यालेस्टाइनी ‘आतंकवादीहरू’ राखिएका उच्च सुरक्षा जेलमा महिला सैनिकलाई तैनाथ नगरिने घोषणा गरे ।

इजरायली सञ्चारमाध्यमले मन्त्रीलाई उद्धृत गर्दै आगामी दुई वर्षभित्र कारागारभित्र बनाइएका उच्च सुरक्षा शाखाबाट सबै महिला सैनिक हटाइने बताएको छ ।

देशका उच्च सुरक्षा कारागारमा महिला सैनिक नराख्न पटक पटक माग भए पनि कर्मचारी अभावका कारण हुन सकेको थिएन ।

गत वर्ष एक जेलमा प्यालेस्टिनी कैदीले त्यहाँ तैनाथ महिला इजरायली सैनिकहरूलाई आक्रमण र बलात्कार गरेको आरोप लगाइएको थियो । यस मामिलामा, इजरायली मन्त्रीले छानबिनको आदेश दिएका थिए र केही वरिष्ठ जेल अधिकारीलाई पदमुक्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप