मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

सोमबार, १५ असोज २०८०, १६ : २८
सोमबार, १५ असोज २०८०

कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने दुई वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिने भएको छ ।  मेडिसिनको नोबेल पुरस्कार एमआरएनए कोभिड भ्याक्सिनको प्रविधि विकास गर्ने एक जोडीलाई दिइने घोषणा गरिएको हो । 

यी दुई वैज्ञानिकहरू हुन् डा‍ क्याटालिन क्यारिको र डा ड्र्यू विजम्यान । यो प्रविधिको प्रयोग कोभिड महामारीभन्दा अघि गरिएको थियो तर पछि यसलाई विश्व भरी लाखौँलाई प्रदान गरियो । 

क्यान्सरसमेत अन्य रोगका लागि यसै एमआरएनए प्रविधिमा थप अनुसन्धान गरिँदै छ । 

एमआरएनए अर्थात् मेसेन्जर रिबोन्यूक्लिक एसिडले शरीरलाई प्रोटिन कसरी बनाउने भनेर बताउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप