चितुवाको छालासहित पाँचजना पक्राउ
सोमबार, १५ असोज २०८०, २३ : १३

काठमाडौँ । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जना व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, ३४ वर्षीय दलबहादुर आलेमगर, धादिङ गल्छीका २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले संरक्षित वन्यजन्तु चितुवाको छाला ओसारपसारमा सङ्लग्न गिरोहलाई ललितपुरको बोधिग्राम टोलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिवन बुझाइएको प्रवक्ता अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र राप्रपाका ८ सांसदद्वारा खर्च कटौतीको प्रस्ताव
-
सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा
-
कस्मेटिक सामानको आयातमा बाहिरिन्छ अर्बौं रुपैयाँ
-
भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय
-
राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
-
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय