चितुवाको छालासहित पाँचजना पक्राउ
सोमबार, १५ असोज २०८०, २३ : १३
काठमाडौँ । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जना व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, ३४ वर्षीय दलबहादुर आलेमगर, धादिङ गल्छीका २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले संरक्षित वन्यजन्तु चितुवाको छाला ओसारपसारमा सङ्लग्न गिरोहलाई ललितपुरको बोधिग्राम टोलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिवन बुझाइएको प्रवक्ता अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण