समाजवादी जागरण अभियान : तीन दिनमा १३ सभा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभा भएका छन् । सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाबाट सुरु भएको अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभाहरू सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार मंगलबार सिराहा सदरमुकाममा १५० भन्दा बढी पार्टी प्रवेश गरेका छन् ।
आजै सप्तरीको छिन्नमस्ता, सप्तरीको चन्ही, सिराहाको भगवानपुर र सिराहाको सिराहामा भव्य कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ । यस्तै आज धनुषाको जदुकाहामा कार्यक्रम सम्पन्न गरी जनकपुर बास बसिने उनको भनाइ छ ।
उनका अनुसार आज मात्र सिरहासहित विभिन्न स्थानमा भएको कार्यक्रममा ६५० भन्दा बढी विभिन्न पार्टीबाट र स्वतन्त्र नागरिकहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यस्तै अघिल्ला २ दिनमा पनि ५०० भन्दा बढी पार्टी प्रवेश गरेका थिए ।
असोज १४ मा अध्यक्ष माधव नेपालले काँकडभिट्टाबाट शुभारम्भ गरेको अभियान अन्तरगत झापा, मोरङ ,सुनसरी ,सप्तरी र सिराहामा कार्यक्रम सम्पन्न भइसकेको छ । १५ दिने अभियान कञ्चनपुरमा पुगेर सम्पन्न हुने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण