नेपालगञ्जमा भएको तनाव नियन्त्रण गर्न खोज्दा तीन सुरक्षाकर्मीसहित १३ जना घाइते
मङ्गलबार, १६ असोज २०८०, २१ : २२
काठमाडौँ । नेपालगञ्जमा भएको तनावलाई नियन्त्रण गर्न खोज्दा तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । मंगलबार नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेको थियो ।
सो तनावलाई नियन्त्रण ल्याउन खोज्दा भएको झडपमा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर नेपालगञ्जमा तनाव बढेको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउसो १:०० बजेदेखि लागू हुनेगरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको छ ।
सामाजिक सद्भाव विग्रिने गरी भ्रामक संचार सामाग्रीको प्रचार प्रसार नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण