आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा भएको तनाव नियन्त्रण गर्न खोज्दा तीन सुरक्षाकर्मीसहित १३ जना घाइते

मङ्गलबार, १६ असोज २०८०, २१ : २२
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेपालगञ्जमा भएको तनावलाई नियन्त्रण गर्न खोज्दा तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । मंगलबार नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेको थियो । 

सो तनावलाई नियन्त्रण ल्याउन खोज्दा भएको झडपमा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर   नेपालगञ्जमा तनाव बढेको थियो । 

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार  दिउसो १:०० बजेदेखि लागू हुनेगरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको छ ।

सामाजिक सद्भाव विग्रिने गरी भ्रामक संचार सामाग्रीको प्रचार प्रसार नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप