बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा यी दुई खेलाडीको तस्बिरमाथि किन लगाइयो सेन्सर ?

बुधबार, १७ असोज २०८०, १५ : १९
बुधबार, १७ असोज २०८०

एसियन गेम्समा चीनका दुई खेलाडीको तस्बिरमाथि सेन्सर लगाइएको छ । यहाँका दुई खेलाडी लिन युवेई र वु येन्नीले १०० मिटर हर्डल रेसपछि एक–अर्कालाई अँगालो हाले । यही अँगालो हालेको तस्बिरलाई चीनले सेन्सर गरिदिएको छ । 

यीमध्ये एक खेलाडीको नम्बर ६ र अर्को खेलाडीको नम्बर ४ थियो जुन मिलेर ६४ बन्छ । यो यस्तो नम्बर हो जसलाई चीनका अधिकारी जनताको स्मरणबाट निकाल्न चाहन्छ ।

सन् १९८९ मा चीनमा लोकतन्त्रका समर्थकमाथि चार जून (६ महिनाको चार तारिख) मा सैनिकले गोली चलाएका थिए जसमा सयौँको मृत्यु भएको थियो ।

chinaयद्यपि, अहिलेसम्म यो घटनामा मारिएकाहरूको वास्तविक आँकडाबारे जानकारी छैन । 

यस प्रतिस्पर्धामा गोल्ड जित्ने लिनलाई बधाई दिन चीनको सोसल मिडियामा मानिसहरूले विभिन्न पोस्ट गरेका छन् तर जुन पोस्टमा तस्बिर थियो, त्यसलाई खैरो बनाइएको छ ।

यद्यपि, चीनका केही समाचार आर्टिकलमा अहिले पनि यी तस्बिर देखिएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप