चीनमा यी दुई खेलाडीको तस्बिरमाथि किन लगाइयो सेन्सर ?
एसियन गेम्समा चीनका दुई खेलाडीको तस्बिरमाथि सेन्सर लगाइएको छ । यहाँका दुई खेलाडी लिन युवेई र वु येन्नीले १०० मिटर हर्डल रेसपछि एक–अर्कालाई अँगालो हाले । यही अँगालो हालेको तस्बिरलाई चीनले सेन्सर गरिदिएको छ ।
यीमध्ये एक खेलाडीको नम्बर ६ र अर्को खेलाडीको नम्बर ४ थियो जुन मिलेर ६४ बन्छ । यो यस्तो नम्बर हो जसलाई चीनका अधिकारी जनताको स्मरणबाट निकाल्न चाहन्छ ।
सन् १९८९ मा चीनमा लोकतन्त्रका समर्थकमाथि चार जून (६ महिनाको चार तारिख) मा सैनिकले गोली चलाएका थिए जसमा सयौँको मृत्यु भएको थियो ।
यद्यपि, अहिलेसम्म यो घटनामा मारिएकाहरूको वास्तविक आँकडाबारे जानकारी छैन ।
यस प्रतिस्पर्धामा गोल्ड जित्ने लिनलाई बधाई दिन चीनको सोसल मिडियामा मानिसहरूले विभिन्न पोस्ट गरेका छन् तर जुन पोस्टमा तस्बिर थियो, त्यसलाई खैरो बनाइएको छ ।
यद्यपि, चीनका केही समाचार आर्टिकलमा अहिले पनि यी तस्बिर देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण