बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मंसिर ९ गते नर्सिङ लाइसेन्सको परीक्षा हुने

बिहीबार, १८ असोज २०८०, १४ : ००
बिहीबार, १८ असोज २०८०

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङ लाइसेन्स परीक्षा आगामी मंसिर ९ गते सञ्चालन गर्ने भएको छ ।

परिषद्ले बिहीबार सूचना प्रकाशन गरी त्यसका लागि असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्ने जानकारी दिएको छ ।

यस्तै अनलाइनबाट कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

१५ असोज २०७७ देखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप