बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट

शनिबार, २० असोज २०८०, १३ : ४३
शनिबार, २० असोज २०८०

रौतहट । रौतहट प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर  मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको जनाएको छ । त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रहरीले नजिकिँदै गरेको दसैंको अवसरमा अवैध रुपमा उत्पादन हुने मदिरा भट्टी नष्ट गर्न समेत टोली परिचालन गरिएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप