रौतहट प्रहरीद्वारा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट
शनिबार, २० असोज २०८०, १३ : ४३
रौतहट । रौतहट प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।
प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको जनाएको छ । त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले नजिकिँदै गरेको दसैंको अवसरमा अवैध रुपमा उत्पादन हुने मदिरा भट्टी नष्ट गर्न समेत टोली परिचालन गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण