नोबेल शान्ति पुरस्कार पाएपछि मोहम्मदी इरानी मिडियाको निशानामा
शनिबार, २० असोज २०८०, १६ : ४७
तेहरान । जेलमा रहेकी अभियन्ता नर्गिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाउने घोषणा गरेपछि इरानको मिडियाले उनको आलोचना गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी मिडियाले मोहम्मदीलाई 'आतंकवादी समूहसँग मिलेर काम गरेको' र 'इरान विरोधी गतिविधिमा संलग्न भएको' आरोप लगाएको छ।
५१ वर्षीया पत्रकार तथा अभियन्ता नरगिस मोहम्मदीले विगत दुई दशकको अधिकांश समय विभिन्न आरोपमा जेलमा बिताएकी छन् । उनीमाथि सरकार विरोधी प्रचार गरेको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप पनि लागेको छ । उनी अन्तिम पटक नोभेम्बर २०२१ मा जेल परेकी थिइन् ।
यसैबिच इरानका विदेशमन्त्री नासेर कनानीले मोहम्मदीलाई नोबेल पुरस्कार दिने निर्णय पक्षपाती र राजनीतिक भएको बताएका छन् । यसै क्रममा इरानी मिडियाले नरगिस मोहम्मदी र नोबेल पुरस्कार समितिको आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण