मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नोबेल शान्ति पुरस्कार पाएपछि मोहम्मदी इरानी मिडियाको निशानामा

शनिबार, २० असोज २०८०, १६ : ४७
शनिबार, २० असोज २०८०

तेहरान । जेलमा रहेकी अभियन्ता नर्गिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाउने घोषणा गरेपछि इरानको मिडियाले उनको आलोचना गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी मिडियाले मोहम्मदीलाई 'आतंकवादी समूहसँग मिलेर काम गरेको' र 'इरान विरोधी गतिविधिमा संलग्न भएको' आरोप लगाएको छ।

५१ वर्षीया पत्रकार तथा अभियन्ता नरगिस मोहम्मदीले विगत दुई दशकको अधिकांश समय विभिन्न आरोपमा जेलमा बिताएकी छन् । उनीमाथि सरकार विरोधी प्रचार गरेको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप पनि लागेको छ । उनी अन्तिम पटक नोभेम्बर २०२१ मा जेल परेकी थिइन् ।

यसैबिच इरानका विदेशमन्त्री नासेर कनानीले मोहम्मदीलाई नोबेल पुरस्कार दिने निर्णय पक्षपाती र राजनीतिक भएको बताएका छन् । यसै क्रममा इरानी मिडियाले नरगिस मोहम्मदी र नोबेल पुरस्कार समितिको आलोचना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप