न्यूजिल्याण्डमा जसिन्डा आर्डर्नको पार्टी पराजित, दक्षिणपन्थी नेता लक्सन प्रधानमन्त्री बन्ने
अक्ल्याण्ड । न्युजिल्याण्डको आम चुनावमा सेन्टर–राइट नेसनल पार्टीले जित हासिल गरेको छ । विगत ६ वर्षदेखि सत्तामा रहेको लेबर सरकारलाई पराजित गर्दै पार्टीले यो जित सुनिश्चित गरेको हो ।
अब देशको अर्को प्रधानमन्त्री क्रिस्टोफर लक्सन हुनेछन् । लक्सनले आफ्नो पार्टीले सरकार गठनका लागि दक्षिणपन्थी एसीसी पार्टीसँग गठबन्धन गर्ने बताएका छन् । लक्सनले जितपछि भने, ‘हाम्रो सरकारले न्युजिल्यान्डका हरेक नागरिकका लागि काम गर्नेछ । किनभने हामी अर्थतन्त्रलाई पुनर्जीवित गर्नेछौं र कर छुट दिनेछौँ। हामी जीवनयापनको लागत घटाउनेछौँ र कानूनको शासन स्थापना गर्नेछौं। हामी राम्रो स्वास्थ्य सेवा प्रदान गर्नेछौँ । बच्चाहरूलाई शिक्षित गर्नेछौं ताकि तिनीहरूले सपना देखेको जीवन बिताउनको लागि हुर्कन सकून् ।’
यसै वर्षको सुरुमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । यसपछि लेबर पार्टीका क्रिस हिपकिन्सलाई देशको कार्यवाहक प्रधानमन्त्री बनाइएको थियो । क्रिस्टोफर त्यतिबेला देशको विपक्षी नेता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण