रास्ट्रिय ध्वजावाहकले मात्रै हवाई भाडाको विसंगतिमा हस्तक्षेप गर्नसक्छ : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप रास्ट्रिय ध्वजावाहकले मात्रै गर्नसक्ने बताएका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताए ।
मन्त्री किरातीले अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताए । उनले उडानमा ढिला नगर्न निर्देशन दिए । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताए ।
मन्त्री किरातीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण