रास्ट्रिय ध्वजावाहकले मात्रै हवाई भाडाको विसंगतिमा हस्तक्षेप गर्नसक्छ : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप रास्ट्रिय ध्वजावाहकले मात्रै गर्नसक्ने बताएका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताए ।
मन्त्री किरातीले अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताए । उनले उडानमा ढिला नगर्न निर्देशन दिए । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताए ।
मन्त्री किरातीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित
-
बेलायतमा गोर्खा कपको तयारी पूरा, ५० टिमबिच प्रतिस्पर्धा
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
-
राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन : इरानी सञ्चारमाध्यम
-
रास्वपा संसदीय दलको बैठक संसद भवनमा
-
एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी