सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘महाजात्रा’मा जोडिए दिव्यदेव र शिशिर

बुधबार, ०१ कात्तिक २०८०, ११ : ११
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सले निर्माण गर्न लागेको फिल्म ‘महाजात्रा’ मा कलाकारको रुपमा नयाँ कलाकार जोडिएका छन् । दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका छन् । विपिन कार्कीको मुख्य भूमिका रहने फिल्ममा यस अगाडि हरिवंश आचार्य जोडिएका थिए ।

फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो भएको बताए । ‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौँ । शृङ्खलाप्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत राम्रा कलाकार कास्ट गरिरहेका छौँ’, बानियाँले थपे ।

कात्तिक १३ गतेबाट छायाङ्कनको तयारमिा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् ।  फिल्ममा रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको समेत अभिनय रहनेछ । फिल्म आगामी चैत ९ गतेबाट देशभर एकसाथ सार्वजनिक प्रदर्शनमा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप