‘महाजात्रा’मा जोडिए दिव्यदेव र शिशिर
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सले निर्माण गर्न लागेको फिल्म ‘महाजात्रा’ मा कलाकारको रुपमा नयाँ कलाकार जोडिएका छन् । दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका छन् । विपिन कार्कीको मुख्य भूमिका रहने फिल्ममा यस अगाडि हरिवंश आचार्य जोडिएका थिए ।
फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो भएको बताए । ‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौँ । शृङ्खलाप्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत राम्रा कलाकार कास्ट गरिरहेका छौँ’, बानियाँले थपे ।
कात्तिक १३ गतेबाट छायाङ्कनको तयारमिा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् । फिल्ममा रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको समेत अभिनय रहनेछ । फिल्म आगामी चैत ९ गतेबाट देशभर एकसाथ सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण