राप्रपाले भन्यो– ‘राजनीतिकर्मीहरुले आत्मानुशासन पालना गर्ने कि नगर्ने ?’
विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् । भ्रष्टाचार यत्रतत्र भएको, सरकारी जग्गा अपचलन हुन, क्वीन्टल क्वीन्टल सुन तस्करी हुने, मानव तस्करी हुने अवस्था रहेको बताउँदै उनले यसखालका गतिविधि यो प्रदेशमा प्रवेश गर्नै दिन नहुने सिटौलाले बताए ।
कोशी प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले प्रदेशको जग बलियो बनाउनुपर्ने बताए । ‘भ्रष्टाचारको अन्त्य गर्न र प्रशासनलाई राम्रो बनाउन कानुन आवश्यक भएको छ । विधिमा मुलुक चलेको छैन । कोही एक व्यक्तिले पूर्ण समुदायलाई गाली गर्दा सरकार चुप लागेर बसेको छ,’ उनले भने, ‘मुलुक औद्योगीकरण गर्नुपर्छ । पूर्वाधार निर्माण गर्नुपर्छ । तर, आज त्यसको अवस्था शून्य छ ।’
कोही एकजना व्यक्तिलाई रिस उठ्यो भन्दैमा तस्बिर राखेर त्यहाँ थुक्नु, सार्वजनिक अपमान गर्नु भनेको देशको बेइज्जत भएको सिटौलाले भने । झापामा आयोजित एमाले कार्यक्रममा दुर्गा प्रसाई निकटका व्यक्तिहरुले गरेको आक्रमणविरुद्ध आक्रोशित हुँदै सिटौलाले पुलिस रमिते भएको बताए ।
‘मुलुक ऐन कानुन अनुसार चल्छ कि चल्दैन ? कोशी प्रदेशको नामकरण संविधानअनुसार गरियो । तर, कोशी नामकरणमा ल्याप्चे लगाउनेहरु कुन नैतिकताले मुख देखाउन मिल्छ ?,’ सिटौलाले भने, ‘यस्तो बचकनाले मुलुक चल्छ ? संविधानसम्मत राखिएको कुरालाई संविधानसम्मत ढंगले नै परिवर्तन गर्नुपर्छ । तर, कोशी नाममा ल्याप्चे लाउनेहरु नै सडकमा निस्कनु यो राम्रो भएन ।’
यो सरकार तरवारको धारमा रहेको बताउँदै सिटौलाले ९३ जनै सांसद र प्रदेशका राजनीतिक पार्टीहरुले आत्माअनुसानको पालना गर्नुपर्ने बताए । प्रदेशमा चुस्तदुरुस्त काम नभएको बताउँदै कर्मचारीमा काम टार्ने र परसार्ने काम भइरहेको सिटौलाले दाबी गरे । त्यसो हुनुमा ऐन कानूनले कर्मचारी प्रशासनलाई मनोबल बनाउने काम नगरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण