कुकर प्रहार गरी श्रीमतीको हत्या
बुधबार, ०१ कात्तिक २०८०, १४ : २६
उदयपुर । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पिटरले विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण