'केदार कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भयो'
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले मुख्यमन्त्री निर्माणको म्युजिकल खेल अन्त्य भएको बताएको छ ।
प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि कांग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री उद्धव थापाले यस्तो बताएका हुन् । उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भएको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि कांग्रेसले स्वागत गरेको बताए । मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर कांग्रेसका ८ जनालाई पनि आफूहरुले गला मिलाएको बताए ।
गठबन्धनले पनि मुख्यमन्त्रीलाई समर्थन गरेको बताउँदै थापाले एमालेले किन गठबन्धनको उम्मेदवारलाई मान्ने भन्ने अवस्था आउन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिइने बताए । गठबन्धनका तीन जना शीर्ष नेताको हस्ताक्षरसहितको विज्ञप्ति आएको बताउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि विचार एक ठाउँमा राखेर यो सरकारलाई निरन्तरता दिन आग्रह गरे । उनले सम्भावित मध्यावधिलाई रोक्नुपर्नेमा जोड दिए ।
‘अन्य प्रदेशले बजेट अधिवेशन अन्त्य गरिसकेका छन्, हाम्रो बजेट अध्यादेशमार्फत आएको छ । यसलाई पनि सहमतिबाट पास गरौँ । यसलाई कसैले हारजितको रुपमा नलिऔँ,’ थापाले भने, ‘जनताले विकास निर्माणलाई पर्खेर बसेका छन् । कतिपय योजनाहरुमा काम भएको छ, भुक्तानी गर्न बाँकी छ । त्यसले गर्दा प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउने हो भने सहमतिको माध्यामबाट यसलाई पनि टुंग्याउ ।’
प्रदेशको नामकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ति जनाउनु आवश्यक नभएको बताए । ‘सडकमा आन्दोलन भइरहेको छ । के हो भनेर सरकारले सुन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ थापाले भने, ‘अब मुख्यमन्त्रीले पहिचानको मुद्दालाई सम्बोधन गर्ने दिशामा अगाडि बढ्नुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण