१४ रन बनाउँदै आउट भए कुशल भुर्तेल
बुधबार, ०१ कात्तिक २०८०, १५ : २१
काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।
पहिलो विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । उनी १४ बलमा एक चौकाको मद्दतले १४ रन बनाउँदै आउट भए । उनी आउट हुँदासम्म नेपालले ४.२ ओभरमा २४ रन बनाएको छ । उनको विकेट यूएईका बलर निलान्स केशवानीले लिएका हुन् ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण