रणवीरले पापाराजीलाई आफैँसँग लिफ्टमा लगेपछि....
बिहीबार, ०२ कात्तिक २०८०, १३ : ५७
मुम्बई । बलिउडका टप एक्टर हुन् रणवीर कपुर । फिल्ममा उनको अभिनयलाई निकै मन पराइन्छ । वास्तविक जिन्दगीमा भने उनले देखाउने व्यवहारका कारण उनी बारम्बार ट्रोल भइरहन्छन् । प्रायः उनी राम्रै मूडमा देखिन्छन् । तर कहिलेकाँही भने पापराजीको हर्कतले रिसाउँछन् । बुधबार राति पनि यस्तै भयो ।
एउटा भिडियोमा रणवीरले एक फोटोग्राफरलाई लिफ्टमा आफूसँगै घिसारेर लगेको देखिन्छ । बुधबार राति उनी टी–सिरिजको अफिस पुगेका थिए । त्यहाँ पापाराजीले उनको फोटो खिच्न खोजे । यो देखेर उनी रिसाए । तर उनले रिस देखाएनन् । उल्टै जिस्किएर पापाराजीलाई समाते अनि आफूसँगै लिफ्टभित्र लगे । यसो गरिरहँदा उनी जिस्किदै ‘यसलाई म लैजाँदै छु,’ भनिरहेका थिए । सो भिडियो फ्यानलाई निकै फनी लाग्यो । भिडियोमा फनी फनी कमेन्ट आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण