त्यो दसैँ, यो दसैँ
आमा तिमीले लिपेर टलक्क टल्काएका
आँगनीमा जुनको लहरहरु देखा पर्दा पो
आउँथ्यो हाम्रो दसैँ
तिमीले माटोले पोतेका कण कणमा,
तिम्रो ममताको झल्को हुँदा पो
आउँथ्यो हाम्रो दसैँ ।
झिसमिसेमा अद्र्धनिद्राबाटै तिम्रो
चुराको आवाजबाट निस्किएको आवाज
तिमीले पूजा गर्दा आएको घण्टीको ध्वनि
अगेनोमा, चुलोमा बिहानैदेखि तिमीले बालेका
स्वर्णिम अग्निज्वाला, अनि
तिम्रो हातबाट बनेका खानामा लुकेको
अदृश्य अलौकिक मायाको स्वाद थियो र पो
आउँथ्यो हाम्रो दसैँ ।।
पिङ खेलेर थाकेका मेरो शरीर अनि
घर भरिको कामबाट थाकेका
तिम्रा हात पाउहरुबिच पनि,
कति पनि बिचलित र निराश नभई,
हामीलाई सधैँ सानैदेखि,
ममतारुपी हृदयबाट
सबै दुःखका आँसु लुकाई
पुनः हाँसेर बनाएका
परिकार सहितको प्रतीक्षामा
पिढीको डिलबाट हेर्थ्यौ र पो
आउँथ्यो हाम्रो दसैँ ।
बारीको पाटामा, पधेंरीमा
चुलो चौको अगेनी अनि मझेरीमा
घर वरिपरि, वल्लो बारी पल्लो बारी,
आँगनी अनि भर्याङ् बुँइगल सबैमा
तिम्रो ममताको सुगन्धले
भरिएको हुन्थ्यो र पो
आउँथ्यो हाम्रो दसैँ ।
कमेरो र माटोको
मिश्रणबाट टल्किएको
त्यो सेतो र रातो भित्ता
सयपत्री फुलको सुगन्ध
त्यो सुगन्धभन्दा मिठो
तिमी कहीँ कतैबाट
आउँदाको सुगन्धित पल
जुन तिम्रो परिश्रमी देहबाट
दूर्गा माताको पूजा
पहिले तिम्रो आँखा वरपर
कँुदिरहेका हुन्थ्यौ र पो
आउँथ्यो हाम्रो दसैँ ।
उसै त प्यारो नगरी
बिहानीको सुनौला
गौरीशंकर हिमालका श्वेत लहरी
सँगै झुल्किएका घामका
न्यानो लहरलाई पनि
परास्त गर्ने तिम्रो स्वच्छ मुस्कान
अनि निस्वार्थ प्रेमका बर्षात्मा
रुझ्न पाउँथ्यौं र पो
आउँथ्यो हाम्रो दसैँ ।
र, आज तिमी हामी यही पृथ्वीमा रहेर पनि
हामी तिम्रो काखबाट बाहिरिएपछि
यो घाम, किन घाम जस्तो लाग्दैन ?
जुन, त्यो शितल जुन जस्तो लाग्दैन
दसँै, उन्माद्को चाड लाग्दैन ।
हिमालको आकृतिमा तिम्रो चेहरा देखिन्न
पानीमा तिमीले दिएको जस्तो प्यास मेटिन्न
र, यो सबै वावजुद पनि म हाँसेको नाटक गर्दै
यो जीवनचक्र पार गर्ने प्रतीक्षामा छु
पक्कै पनि कति फरक छ है आमा,
तिमी बिनाको यो दसैँ र त्यो दसैँमा ।
दोलखा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण