डेब्यू गरेको ३३ सेकेन्डमै गोल, बार्सा विजयी
सोमबार, ०६ कात्तिक २०८०, ०६ : ४५
क्याम्प नाउ । मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ ।
१७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा ७९ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेलगत्तै उनले बार्साका लागि खेलमा निर्णायक गोल गरेका थिए ।
योसँगै उनी क्लबको इतिहासमा बार्साका लागि सबैभन्दा चाँडो पहिलो गोल गर्ने खेलाडी पनि बनेका छन् । जीतसँगै बर्सा लिगको तेस्रो स्थानमा रहेको छ । १० खेलबाट २४ अङ्क रहेको बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।
उता, जिरोनाले अल्मेरियालाई ५–२ गोलले हराउँदै रियलसँग अङ्क बराबर गरेको छ । रियल भने शनिबार सेभियासँग १–१ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण