डेब्यू गरेको ३३ सेकेन्डमै गोल, बार्सा विजयी
सोमबार, ०६ कात्तिक २०८०, ०६ : ४५

क्याम्प नाउ । मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ ।
१७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा ७९ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेलगत्तै उनले बार्साका लागि खेलमा निर्णायक गोल गरेका थिए ।
योसँगै उनी क्लबको इतिहासमा बार्साका लागि सबैभन्दा चाँडो पहिलो गोल गर्ने खेलाडी पनि बनेका छन् । जीतसँगै बर्सा लिगको तेस्रो स्थानमा रहेको छ । १० खेलबाट २४ अङ्क रहेको बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।
उता, जिरोनाले अल्मेरियालाई ५–२ गोलले हराउँदै रियलसँग अङ्क बराबर गरेको छ । रियल भने शनिबार सेभियासँग १–१ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर