मलेसियामा दसैँ विशेष कार्यक्रम तय
मलेसियाको क्लाङस्थित नेपाली व्यापारीहरूको सङ्गठन "क्लाङ पोर्ट क्लाङ " व्यापार संघले बुधबार दसैँ विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कोभिड महामारी पश्चात् मनोरञ्जनात्मक हिसाबले गर्न लागिएको यो पहिलो कार्यक्रम भएकाले पनि यो कार्यक्रमलाई थप उत्साहका साथ मनाउन लागिएको संघका सल्लाहकार जयराम तिमल्सिनाले बताए ।
क्लाङस्थित पाँच तारे होटल विन्डम होटलमा आयोजना हुने कार्यक्रममा करिब दुई सय जनाको उपस्थिति रहने आयोजकको दाबी रहेको छ। क्लाङ वरपर व्यापार गर्दै आएका व्यापारीहरूमा उक्त कार्यक्रमले थप आत्मीयता बढाउनुका साथै शुभकामना आदान-प्रदान पनि हुने भएकाले पनि सो कार्यक्रमको आयोजना गर्न लागिएको संघका अध्यक्ष अमर गुरुङले बताए।
सबैलाई समेटी छोटो समयमै कार्यक्रम भव्य बनाउन आफूहरू अहोरात्र खटिदै आएको संघका कोषाध्यक्ष विकेन्द्र लिम्बु मादेनले जानकारी दिए ।
आयोजक समितिमा क्लाङका व्यापारीहरू सिर्जना भण्डारी ,ओम घले ,रिया सिंह ,गजेन्द्र तामाङ्ग ,भुपेन्द्र श्रेष्ठ ,आकाश लामा,दिनेश राई,विशाल नेगी लगायत छन्। उक्त कार्यक्रमका लागि डोराई ,मिनमाया ,जित बहादुर माझी , बिजेन्द्र राउत ,आनन्दन कुमारन ,बादल ,डिन ,रफाकत अलि लगायत अन्य व्यवसायीहरूको सहयोग रहने आयोजकले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण