एक मोडलको बयान, ‘मेरो स्तन निकै ठूलो भएकाले मानिसहरु मसँग काम गर्न चाहँदैनन्’
बीबीसी
अमेरिकी मोडल एमिली रटजकोस्कीले आफ्नो ‘सेक्सी इमेज’ का कारण अन्य महिलाले उनीसँग काम गर्न अस्विकार गरेको बताएकी छिन् ।
रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पर्स बाजार अष्ट्रेलियासँग आफूसँग कुनै काम नभएको बताएकी छिन् ।
आफू अत्यधिक सेक्सी भएका कारण आफूसँग काम नभएको उनको धारणा छ । यो महिला विरोधी सोचजस्तै भएको एमिलीले बताएकी छिन् । उनले भनिन्, ‘मानिसहरु मसँग काम गर्न चाहँदैनन् किनभने मेरो स्तन निकै ठूलो छ ।’
एमिलीले भनिन्, ‘मेरो स्तनसँग के समस्या छ ? यो महिलाको शरिरको एउटा सुन्दर हिस्सा हो जसका कारण हामी खुसी हुनुपर्छ । यसको पर्वाह कसले गर्छ ? स्तन निकै ठूलो वा सानो भएको विषयलाई किन बहस बनाउनुपर्यो ?’
पछिल्लो वर्ष एमिली र किम कार्दासियनको एक सेल्फी सार्वजनिक भएको थियो । उक्त सेल्फीमा दुबै बाथरुममा टपलेस थिए । एमिलीले आफ्नो उक्त सेल्फीको बचाउ पनि गरेकी थिइन् ।
एमिलीले भनेकी थिइन्, ‘हाम्रो शरिर कामुक हुनसक्छ । एक महिलाको रुपमा यो कुराको स्वतन्त्रता हुनुपर्छ कि उनले कति कामुकता प्रदर्शन गर्नुपर्छ ।’
एमिली ‘गन गर्ल’ र ‘आन्टुराश’ फिल्ममा पनि देखिएकी थिइन् । उनी हलिउडमा करियर बनाउन चाहन्छिन् तर आफ्नो स्वरुपको आधारमा होइन ।
एमिलीका अनुसार उनीबारे जति पनि प्रोफाइल लेखियो ती सबैमा उनी निक्कै सेक्सी भएको बताइएको छ । आफूलाई सेक्स सिम्बोलको रुपमा पेश गरिएको उनको धारणा छ ।
एमिलीका अनुसार कोही सेक्सी हुनु आफैंमा सेक्सिस्ट हो । पछिल्लो वर्ष एमिलीको नग्न तस्बिर उनको अनुमती बिना सार्वजनिक भएको थिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण