बेलिङह्यामको गोल वर्षा जारी, रियल विजयी
ब्रागा । जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । मंगलबार भएको खेलमा रियलले स्पोर्टिङ ब्रागालाई २–१ गोलले हराएको हो ।
रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । योसँगै उनले यो सिजन च्याम्पियन्स लिगका सबै खेलमा गोल गर्न सफल भएका छन् । बेलायती मिडफिल्डरले देश र क्लबका लागि १५ खेलमा १२ गोल गरिसकेका छन् ।
६३ औँ मिनेटमा ब्रागाका अल्भारो जालोले गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा रियल विजयी बन्यो । खेलको अन्त्यतिर भिनिसियस जुनियरको गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
समूह सीमा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ । नापोली ६ अङ्कसहित दोस्रो स्थानमा छ । मंगलबार नै नापोलीले युनियन बर्लिनलाई १–० ले हरायो । ३ अङ्कसहित स्पोर्टिङ ब्रागा तेस्रो र अङ्कविहीन युनियन बर्लिन चौथो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण