मेस्सीले जिते कीर्तिमानी आठौँ पटक बालोन डी’ओर अवार्ड

पेरिस । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आफ्नै किर्तिमान तोडेर आठौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई उपाधि जिताउन नेतृत्त्वदायी भूमिका खेलेका ३६ वर्षीय मेस्सीलाई सोमबार पेरिसमा आयोजित समारोहमा पुरुष तर्फको उक्त अवार्ड प्रदान गरिएको हो ।
मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४(२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए। बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।
मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् ।
हालान्डले ३५ लिग खेलहरूमा कीर्तिमानी ३६ गोल र सबै प्रतियोगिताहरूमा ५२ गोल गरेपछि सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जित्यो। उनलाई गर्ड मुलर ट्रफीमा उत्कृष्ट गोलकर्ताको उपाधि दिइएको थियो।
इंग्ल्याण्ड र रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्यामले २१ वर्ष मुनिका विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जितेका छन् । रियलकै विंगर भिनिसियस जुनियरले मैदान बाहिर नस्लवाद विरुद्ध उनको योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे ।
अर्जेन्टिनाको विश्वकप विजेता तथा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले विश्वकै उत्कृष्ट गोलकिपरको यासिन ट्रफी पाएका छन् । म्यानचेस्टर सिटी लगातार दोस्रो वर्ष वर्षको उत्कृष्ट क्लब घोषित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
नेपाल पुलिस स्कुलसँग फराकिलो अन्तरले हार्यो भ्याली पब्लिक स्कुल
-
अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’