बोलिभियाद्वारा इजरायलसँगको सम्बन्ध तोडेको घोषणा
बुधबार, १५ कात्तिक २०८०, १३ : १०
बोलिभिया । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । उप विदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई आक्रामक र असंगतु भनेका छन्।
यस द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने ल्याटिन अमेरिकाको पहिलो राष्ट्र बोलिभिया हो। यो देशले युद्धविरामको लागि अपील गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो। बोलिभियाले गाजा पट्टीलाई लिएर इजरायलसँगको सम्बन्ध तोडेको छ।
झण्डै एक दशकसम्म इजरायलसँगको सम्बन्ध तोडिएपछि सन् २०१९ मा मात्रै यी दुईबीचको कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण