बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आरोहणका लागि बन्द हिमालहरू खुलाउनुपर्छ: राष्ट्रपति पौडेल

बुधबार, १५ कात्तिक २०८०, १४ : १३
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन् । 

बुधवार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको बताए । उनले आरोहणका लागि नखुलाइएका हिमालहरू खुलाउन हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिए । 

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए । उनले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताए । उनले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पु¥याएको योगदानलाई बिर्सन सक्दैनौँ । हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै आएको छ । हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको संस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भुमिका असामान्य छ । पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलाई सुझाव दिन चाहन्छु । नेपालमा अनगिन्ती हिमालहरू छन्, जो आरोहणका लागि खुला गरिएका छैनन् । यो खुलाउन जरुरी छ ।’

राष्ट्रपति पौडेलले संघले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भुमिका सह्रानिय रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप