ज्ञानगुन : वैज्ञानिकहरूले अन्तरिक्षमा विकास गरेका भ्रूण कुन जनावरको हो ?
१, सन् १९२३ मा सम्पन्न साफ यु–१९ फुटबल प्रतियोगिता जित्ने मुलुक कुन हो ?
(क) भारत (ख) बङ्गलादेश (ग) श्रीलङ्का (घ) नेपाल
२, नेपालको नैनीताल भनेर चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो ?
(क) बराह क्षेत्र (ख) मुक्ति क्षेत्र (ग) नवलपरासीको त्रिवेणी धाम (घ) गोसाईंकुण्ड
३, मध्य पहाडी लोकमार्गमा सबैभन्दा बढी भाग पर्ने जिल्ला कुन हो ?
(क) धादिङ (ख) बागलुङ (ग) गोरखा (घ) दैलेख
४, मदन पुरस्कार २९७९ बाट पुरस्कृत हुने साहित्यकारको नाम के हो ?
(क) नवराज लम्साल (ख) मुन पौडेल (ग) डा. देवीप्रसाद सुवेदी (घ) विवेक ओझा
५, विश्वको सबैभन्दा ठूलो सौर्य टेलिस्कोप सेट बनाउने देश कुन हो ?
(क) जापान (ख) चीन (ग) रुस (घ) अमेरिका
६, महाभारका प्रसिद्ध पात्र घटोत्कच कसका छोरा हुन् ?
(क) अर्जुन (ख) सहदेव (ग) भीमसेन (घ) युधिष्ठिर
७, जापानी वैज्ञानिकहरूले हालै अन्तरिक्षमा कुन जीवको भ्रूण विकास गर्न सफलता पाएका थिए ?
(क) बिरालो (ख) मुसा (ग) चिम्पान्जी (घ) कुकुर
८, सखिया कुन समुदायमा प्रचलित नाच हो ?
(क) थारु (ख) थामी (ग) गुरुङ (घ) मगर
९, नेपालले गैह्रआवासीय नागरिकलाई गैह्रआवासीय नेपाली नागरिकता दिन कहिलेदेखि सुरु गरेको हो ?
(क) २०८० साल असोज २७ गते (ख) २०८० साल असोज २८ गते (ग) २०८० साल असोज २९ गते (घ) २०८० साल असोज ३० गते
१०, राणाकालमा निजामतीतर्फको सबैभन्दा माथिल्लो पद कुन थियो ?
(क) बडाकाजी (ख) मीरसुब्बा (ग) मुन्सी (घ) खजान्ची
११, पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले भएको थियो ?
(क) सन् १९२९ (ख) सन् २९३० (ग) २९३१ (घ) १९३२
सही उत्तर
१–(क), २–(ग), ३–(ख), ४–(घ), ५–(ख), ६–(ग), ७–(ख), ८–(क), ९–(घ), १०–(क), ११–(ख)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण