सबै साथीहरू उद्धारमा खटौँ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले घाइतेहरूलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध गर्न आग्रह गरेका हुन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । अध्यक्ष ओलीले भनेका छन्, ‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो मानवीय क्षति भएको छ। ६.४ म्याग्निच्युटको भूकम्पले कयौँ घाइते छन्, राती आएको भूकम्पका कारण उद्धार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरूसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरू उद्धारमा खटौँ । घाइतेहरूलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध गरौँ । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण