भूकम्प पीडितका लागि प्याब्सनले २५ लाख दिने
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । जाजरकोटा, पश्चिम रुकुम लगायतका जिल्लामा गएको भूकम्पका कारण पीडित भएकाहरुलाई तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको हो ।
पीडितहरुलाई राहत पुऱ्याउने उद्देश्यले प्याब्सन सदस्य विद्यालयहरूबाट २५ लाख बराबरको राहत रकम संकलन गरी सम्बन्धित क्षेत्रमा रातह वितरण गरिने प्याब्सनले जनाएको छ । त्यसका लागि केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीको संयोजकत्वमा राहत संकलन समिति गठन गरेको छ । उक्त समितिलाई तत्काल कार्य आरम्भ गर्न प्याब्सन केन्द्रीय कार्यसमिति निर्देशन दिएको छ ।
त्यस्तै राहत सहयोग संकलनमा सहयोग गर्न समेत सबै प्रदेश समितिलाई निर्देशन दिएको छ । घाइतेहरुको उपचारका लागि आवश्यक औषधी तथा बसोबास र खाद्यान्नको उचित व्यवस्थापन मिलाउन सरकारसँग सहकार्य गर्ने जनाएको छ ।
भूकम्प पीडित क्षेत्रका विद्यालय, विद्यार्थी, शिक्षक(कर्मचारीहरूमा भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न समेत केन्द्रीय उपाध्यक्ष खत्रीलाई जिम्मेवारी दिइएको अध्यक्ष डीके ढुंगानाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण