बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितका लागि प्याब्सनले २५ लाख दिने

आइतबार, १९ कात्तिक २०८०, २० : २७
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । जाजरकोटा, पश्चिम रुकुम लगायतका जिल्लामा गएको भूकम्पका कारण पीडित भएकाहरुलाई तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको हो । 

पीडितहरुलाई राहत पुऱ्याउने उद्देश्यले प्याब्सन सदस्य विद्यालयहरूबाट २५ लाख बराबरको राहत रकम संकलन गरी सम्बन्धित क्षेत्रमा रातह वितरण गरिने प्याब्सनले जनाएको छ । त्यसका लागि केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीको संयोजकत्वमा राहत संकलन समिति गठन गरेको छ । उक्त समितिलाई तत्काल कार्य आरम्भ गर्न प्याब्सन केन्द्रीय कार्यसमिति निर्देशन दिएको छ । 

त्यस्तै राहत सहयोग संकलनमा सहयोग गर्न समेत सबै प्रदेश समितिलाई निर्देशन दिएको छ । घाइतेहरुको उपचारका लागि आवश्यक औषधी तथा बसोबास र खाद्यान्नको उचित व्यवस्थापन मिलाउन सरकारसँग सहकार्य गर्ने जनाएको छ । 

भूकम्प पीडित क्षेत्रका विद्यालय, विद्यार्थी, शिक्षक(कर्मचारीहरूमा भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न समेत केन्द्रीय उपाध्यक्ष खत्रीलाई जिम्मेवारी दिइएको अध्यक्ष डीके ढुंगानाले बताए ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप