जाजरकोट र रुकुममा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका छन् ।
सोमबार आफ्नो फेसबुक पेजमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने भएकाले सबैले सेवाभाव राखेर काम गर्नुपर्ने सुझाव दिएका हुन् ।
‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ’, अध्यक्ष ओलीले भने, ‘विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ ।’
साथै उनले उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार व्यक्त गर्दै ती जिल्लामा अहिले सीपयुक्त दक्ष जनशक्तिको समेत आवश्यकता रहेको जनाएका छन् ।‘विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुन्छ, भिडभाड गरेर अल्झाउनु हुँदैन । यसरी उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण