मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोग : निम्तिन सक्छ स्वास्थ्यमा गम्भीर खतरा

शुक्रबार, २४ कात्तिक २०८०, ०६ : २०
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । महिलाको प्राकृतिक चक्र अर्थात् महिनावारी प्रत्येक महिनामा २८ देखि ३८ दिनको बिचमा हुन्छ । महिनावारी चक्रलाई चाहेर पनि कुनै महिलाले रोक्न सक्दैनन् । तर, जव घरमा चाडपर्व, पूजापाठ, पितृकार्य, कुनै विशेषकार्य गर्दा महिनावारी हुने समय परेको खण्डमा औषधि सेवन गरी तत्कालका लागि सार्ने चलन छ । 

हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहार, छठ नजिकिदैं छ । यी पर्वमा महिनावारीको पालो पर्नेहरूले महिनावारी ढिला गराउने अर्थात्पालो सर्ने औषधि सेवनगर्ने दर बढ्ने चिकित्सकहरू बताउँछन् ।

यसरी स्वतस्फूर्त रुपमाहुने महिनावारी रोक्ने औषधि सेवनगर्दा शरीरमा नकारात्मक असर तथा स्वास्थ्यमा गम्भीर रोगहरू लाग्न सक्ने प्रसूतीतथा स्त्रीरोग विशेषज्ञ डा.कृतिपाल सुवेदी बताउँछन् । 

अवको केहीदिनमा दिदीभाइबिचको सम्बन्धलाई प्रगाढ बनाउने पर्व तिहार नजिकिदैँ छ । यसबेला स्वास्थ्यकर्मीको परामर्शबिनै कतिपयले महिनावारी सर्ने औषधि सेवन गरेको पाइन्छ ।

महिनावारी पछि सार्ने औषधिले पछि महिनावारी हुँदा पेट दुख्ने, स्तनदुख्ने, उच्च रक्तचाप, रगतबाक्लो बनाउने, तौल बढ्ने, वाकवाक लाग्नेलगायतका समस्या देखापर्ने चिकित्सकहरू बताउँछन् । 

महिनावारी पर सार्न निजो प्रोस्टोन, प्रोजेस्टेरोन, इमरजेन्सी कन्ट्रासेप्सनहरू, स्ट्रेजोन प्रोजेस्टेरोन कम्बाइनपिल्स सेवन गर्ने चलन छ  । 

स्वास्थ्यकर्मी तथा चिकित्सकको परामर्शविना महिनावारी पर सार्ने महिलाले औषधि किन्नआएमा औषधि बेच्ने फार्मेसीहरूले विशेष ध्यानदिन आवश्यक रहेको डा.सुवेदीको भनाइ छ । 

महिनावारी पछि सार्ने औषधिले पछि महिनावारी हुँदा पेट दुख्ने, स्तनदुख्ने, उच्च रक्तचाप, रगतबाक्लो बनाउने, तौल बढ्ने, वाकवाक लाग्नेलगायतका समस्या देखापर्ने चिकित्सकहरू बताउँछन् । 

मर्यादित महिनावारीबारे जानकारी नहुँदा महिनावारी सार्ने औषधिले तत्काल स्वास्थ्य समस्या नदेखिए पनि दीर्घकालमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

यस्तै, महिनावारीको पालो आउँदापर्व लगायतका विशेष दिन भएपनि मुख्यत परिवार योजना बनाएका महिला, मुटुसम्बन्धी समस्या भएका, स्ट्रोक बिरामी र तौल बढी भएका महिलाले सार्ने औषधि सेवन गरेमा स्वास्थ्यमा जटिलता उत्पन्न हुने डा.सुवेदीले बताए ।

उनी भन्छन्, ‘महिनावारी पर सार्ने औषधिले हर्मोनलाई असन्तुलित बनाउँछ ।’

महिनावारी पर सार्ने औषधि सेवनगर्दा, परिवार नियोजनको साधन पिल्सलगायत सेवन गर्दा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन बढ्ने हुँदा तत्काललाई महिनावारी रोकिएपनि पछि रक्तस्राव बढी हुन सक्ने उनले बताए । महिनावारी पर सार्ने औषधि सेवन गर्दा पछि क्यान्सरसमेत बनाउन सक्ने भएकाले सचेत हुनुपर्छ ।

मर्यादित महिनावारीबारे जानकारी नहुँदा महिनावारी सार्ने औषधिले तत्काल स्वास्थ्य समस्या नदेखिए पनि दीर्घकालमा गम्भीर समस्या निम्त्याउन सक्छ । महिनावारी पर सर्ने औषधि सहरी क्षेत्रको तुलनामा गाउँमा धेरै रहेको चिकित्सकहरूको अनुमान छ । 

धेरैलाई लाग्न सक्छ, महिनावारी सार्ने औषधि सेवनगर्न छाडेपछि तत्काल महिनावारी हुन्छ भनेर । तर, त्यस्तो नहुन पनि सक्छ । त्यस्तो अवस्थामा किशोरी तथा महिलाहरू स्वास्थ्य संस्थामा गुनासो लिएर पुग्ने गरेको उनी बताउँछन् ।

डा.सुवेदीका अनुसार यो औषधि कतिमात्रामा सेवन गर्ने, कुन उमेरकाले कति वजनको औषधि सेवन गर्ने, औषधि सेवनगर्न हुन्छ कि हुँदैन भन्नेबारे विशेष ख्यालगरी परामर्शका आधारमा मात्र महिनावारी सार्ने औषधि सेवन गर्न सकिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप